वेलायतको संसद भवनमा अर्को गोप्य मार्ग भेटियो

लन्डन । वेलायतको हाउस अफ कमन्सको हल तर्फ जाने बाटोको काठको भित्तामा काँचको एउटा सानो सांचोको प्वाल थियो । संसदका सदस्यहरु र कर्मचारीहरु हरेक दिन त्यहि सानो प्वाल अगाडिबाट हिंड्ने गरेका थिए । कसैले यसलाई देख्दा कुनै बिद्युतिय क्याविनेट भन्ने ठानेका थिए । हाउस अफ कमन्स र हाउस अफ लर्डस रहेको यो वेस्टमिनिस्टर प्यालेसको मर्मत संभार गर्ने इतिहासविदहरुको टोलीले योजना बनाइरेहका थिए ।
सन् १०९९ मा निर्मित वेस्टमिनिस्टर हल यसको सबैभन्दा पुरानो भाग हो । यो अझै पनि प्रयोगमा नै रहेको छ । यस टोलीले क्याटलक रहित करिव १० हजार वटा दस्तावेजको अध्ययन गर्दै गर्दा काठको भित्तामा सो साँचो घुसाउने प्वाल भेटाएका थिए । तिनीहरुले एउटा साँचो प्रयोग गरी खोल्दा त्यहाँ भित्र ३ सय ६० वर्ष पुरानो गोप्य मार्ग भेटिएको थियो ।
संसद भवनको उक्त टोलीका एक इतिहासकार मार्क कोलिन्सले त्यहाँ यस्तो गोप्य मार्ग रहेको सूचना आफुहरुसंग रहेको तर दोश्रो विश्वयुद्धको बमबारीको कारण यो पुरिई सकेको हुनुपर्ने विशवास गरेको बताएका छन् । यो मार्ग सन् १६८५ सम्म शासन चलाएका राजा चाल्र्स द्वितीयको राज्याभिेषको उपलक्षमा रात्रिभोज आयोजनाको लागि सन् १६६० तिर यो मार्ग निर्माण भएको हुनुपर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *