काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालका ओपनर आसिफ शेखले सतक पूरा गरेका छन् । क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा आसिफले एकदिवसीयमा व्यक्तिगत दोस्रो सतक पूरा गरेका हुन् ।
आसिफले १ सय २ बलमा ८ चौका र ४ छक्काको मद्दतमा सतक बनाएका हुन् । टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ताजा अवस्थामा ३५ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको छ । हाल आसिफ शेख १ सय १ र रोहित पौडेल १९ रन बनाउँदै क्रिजमा छन् । यसअघि अर्जुन कुमाल ४३ र इशान पाण्डे १३ रन बनाउँदै पभिलियन फर्किएका थिए ।
आजको खेलको विजेताले एसीसी एसिया कपमा स्थान बनाउनेछ ।
