ला लिगामा रियल म्याड्रिड र ग्रानाडा भिड्दै

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज साविक विजेता रियल म्याड्रिड र ग्रानाडा भिड्दै छन् । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति १२ः३० बजे शुरु हुनेछ । घरेलु लिगको पछिल्लो ४ खेलमा सतप्रतिशत जित निकालेको म्याड्रिड आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ ।

चोटका कारण गएको खेलहरु गुमाएका इडेन हजार्ड टोलीमा फर्किएसँगै म्याड्रिड थप बलियो देखिएको छ । हाल म्याड्रिड १४ खेलमा २९ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ । यस्तै ग्रानाडा १३ खेलमा २१ अङ्क जोड्दै लिगको सातौं स्थानमा छ ।

ग्रानाडाले लिगको पछिल्लो ५ खेलमा २ खेलमा जित निकालेको छ भने २ खेलमा पराजित भएको थियो । दुई टोलीबिच भएको पछिल्लो १४ भेटमा १३ खेलमा म्याड्रिड विजयी भएको छ भने एक खेल ग्रानाडाले आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *