बेन्जिमा चम्किदा रियल म्याड्रिडको सहज जित

प्रज्जवल थापा । फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमा चम्केको खेलमा रियल म्याड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा म्याड्रिडले इबारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इबारको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिम, लुका मोड्रिच र लुकास भास्कवेजले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमा रोड्रिगोको पासमा करिम बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । १३ औँ मिनेटमा बेन्जिमाको पासमा मोड्रिचले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

२८ औँ मिनेटमा केभिन रिड्रिग्वेजको पासमा किकेले गोल गर्दै घरेलु टोलीलाई २-१ को स्थितिमा ल्याएका थिए । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा बेन्जिमाको पासमा भास्कवेजले गोल गर्दै रियल म्याड्रिडलाई ३-१ गोलको सहज जित दिलाए । जितसँगै म्याड्रिड १४ खेलमा २९ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *