गान्जी । अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा भयानक बिस्फोटन हुँदा १५ जना बालबालिका मारिएका छन । बिष्फोटनमा परी २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा उक्त बिस्फोट भएको हो । बिस्फोटन कस्ले गराएको हो अहिले सम्म नखुलेको अन्तराष्टिय संचार माध्यमले जनाएको छ ।
स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई सामान बेच्न लागेको बेला बिस्फोट भएको हो । तर तालिबान बिद्रोहीले दुर्घटनाबस उक्त बिस्फोट भएको उल्लेख गरेको छ ।
