काठमाडौं । गायक बुद्धिसागर बस्यालको नयाँ गीत ‘दुलहीको माया’ सार्वजनिक भएको छ। बस्याललाई आवाजमा गायिका देवी घर्तीले साथ दिएकी छन् ।
गीतको शब्द एक नारायण भण्डारीको रहेको छ भने एरेन्ज बिबि अनुरागीले गरेका हुन्। दुर्गेश थापा र स्तु कार्कीको अभिनय रहेको गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। नवविवाहित जोडीको कथा गीतमा समेटिएको छ।
