काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई स्वास्थलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले एक ट्विट गर्दै आइतबार दुवैजनालाई स्वास्थ्य लाभको कामना गरेका हुन् ।
प्रधानमन्त्री ओलीले लेखका छन, ‘भारतका प्रख्यात कलाकार अमिताभ बच्चन तथा उनका छोरो अभिशेष बच्चनलाई चाँडै स्वास्थलाभको कामना गर्दछु ।’
अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
