फिफा वरियतामा नेपालको स्थान यथावत

प्रज्जवल थापा । विश्व फूटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नँया वरियतामा नेपाल १ सय ७१ औँ स्थानमा यथावत रहेको छ ।

यस्तै दक्षिण एसियायी राष्ट्रको शिर्ष स्थानमा रहेको भारत १ सय ४ औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्स १ सय ५५ औँ स्थानमा छ । नेपाल भन्दा पछि रहेका बंगलादेश दुई स्थान तल झर्दै १ सय ८६ औं स्थानमा पुग्दा भुटान १८९औं स्थानमा यथावत छ । यस्तै पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा यथावत छ ।

फिफा वरियताको पहिलो स्थानमा बेल्जिया रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङल्याण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् । अर्जेन्टिना उरुग्वे,मेक्सिको र इटाली क्रमश: सातौँ, आठौँ,नवौँ र दसौँ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *