किमकी बहिनी जोङ भन्छिन्ः ‘अमेरिकासँगको शिखर सम्मेलन असम्भव’

पेङ्गयाेङ्ग । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकासँग यसै वर्ष हुने अपेक्षा गरिएको शिखर सम्मेलन असम्भव रहेको बताएकी छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको छलफलले उत्तर कोरियालाई केही फाइदा नहुने भएकाले उनीसँग उच्चस्तरीय वार्ता गर्नु अर्थहिन भएको किम यो जोङले बताएकी छिन् । यद्यपि उनले ‘तर पनि, भविष्यमा के हुन्छ थाहा छैन,’ भनेकी छन् । उनको यो बोलीले शिखर सम्मेलन हुनेसक्ने संकेतसमेत दिएको केसीएनले जनाएको छ । किम यो जोङले ‘आणविक कूटनीति’ जीवितै राख्न वासिङ्टनबाट छुट प्रदान हुनुपर्ने बताएकी छिन् ।

“अझै पनि पनि केही आश्चार्य हुनसक्छ । त्यो दुई मुख्य नेताको सहमति र निर्णयमा निर्भर गर्छ,’ जोङलाई उदृत गर्दै केसीएनले लेखेको छ । जोङ उनका दाइ किम जोङ उनका विश्वास पात्र मानिन्छन् ।

उनलाई किमपछि उत्तर कोरियको उत्तराधिकारीको रुपमा हेरिएको छ । दक्षिण कोरियाले हालै अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को शिखर वार्ता हुनुपर्ने बताएका थिए ।

यसअघि दक्षिण कोरियाकै मध्यस्थतामा किम र ट्रम्पबीच दुईपटक शिखर वार्ता भइसकेको छ । सन् २०१८ मा सिंगापुर र सन् २०१९ मा भियतनाममा किम र ट्रम्पबीच वार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *