अन्जु शर्मा ।
मेरो श्रीमान स्वर्गवास हुनुभएको वर्षदिन मात्र भएको थियो ।बालबच्चा भएका थिएनन् ।हुन पनि कसरी ?उबेला मेरो उमेर पनि सानै थियोे। श्रीमान बितेका वर्षदिनसम्म माइती जाने अनुमति थिएन । वर्षदिनको काम सकेर बल्ल माइती गएँ । म कति दुःखी थिएँ त्यसको त लेखाजोखा गरि साध्य नै थिएन । तर त्यो भन्दा बढ्ता त मेरी आमा दुःखी हुनुभएको रहेछ । मलाई देख्तै आमा अंगालो हालेर रून थाल्नुभयो । भन्दै हुनुहुन्थ्यो –‘यस्तो पहाड जस्तो जीवन कसरी बिताउछेस् ?’ उता पिढीमा झोक्राएर बसेका मेरा बाका आँखा रसिला थिए । म नबोली बा र आमालाई हेरिरहें । मेरी साथी कमला श्रीमानसँग हातेमालो गरेर माइत आउँथी । कहिले कता कहिले कता घुमेका र स्वादिला परिकार खाएका अनि श्रीमान श्रीमती बीचका ह्रासलिला इत्रेर सुनाउँथी । बाहिर फुस्रो हाँसो हाँसे पनि भित्र भने मन अमिलो हुन्थ्यो ।
रहँदा बस्ता एकदिन मैले आमासँग भने–’आमा ! मलाई पनि तपाईंको जस्तै रातो सारी लगाउन मन छ । एउटा रातो सारी दिनुन।’ आमाले एकटक मलाई हेर्नुभयो अनि एउटा हरियो सारी र पहेँलो चोलो ल्याएर दिदै ‘रातो लगाउने भाग्य भगवानले खोसे नानी !अब यस्तै लुगा लगा।’ आमाले दिएको हरियो सारी र पहेँलो चोलो लगाएर म बजार जान तयार भएँ । नयाँ पहिरनमा ठाटिएर होला एक पटक ऐना अगाडि उभिएँ । आफूलाई बिछट्टै राम्री लाग्यो । हरिया लतीका बीच फूलेको पहेँलो फूल आहा ! !खासमा म प्रकृतिकै उपहार न हुँ । म मुसुक्क मुस्काएँ ।
मेरो क्रियाकलापलाई भाउजुले नियालिरहनु भएको रहेछ । भान्साबाट चिच्याउँदै भन्नुभयो –’बिधवाहरूले यस्तो पहिरनमा हिँड्न थालेपछि हामीलाई समाजले गलत दृष्टिले हेर्छ । हाम्रो बेइज्जत हुन्छ।’ भाउजुको कुरालाई दाजुले समर्थन जनाउँदै भन्नुभयो –“पण्डितकी छोरीको चटक भनि गाउँभरि हल्ला छ । अर्काको शिशोबासो हाम्रो टाउको दुःखाइ, यसलाई भोलि नै घर पठाइदिनु पर्छ बा!’ बाले तुरुन्तै सहमति जनाउनुभयो ।सायद म बाको आँखामा पनि बिझाएकी थिएँ । भोलिपल्टै मलाई घर तर्फ पठाइयो । एक्लो वृहस्पति त झुटो हुन्छ भन्छन् म परे बिधवा ! मेरा कुरा कसले सुन्ने ?
हुनेखाने घरकी जेठी बुहारी । जताततै ससुराका धनसार थिए । ससुराले बोलेपछि अरूले बोल्ने हिम्मत गर्दैनथे । त्यसैले ससुराले मलाई भान्साको काम जिम्मा दिनुभयो । चोलो खलेर भात पकाउन पर्ने चलन । एकबाट अर्को धनसार जाँदा ससुराले जेठी बुहारी मीठो खाना बनाउछे । म सँगै हिँड भन्नुहुन्थ्यो । विचरा सासू नजा भन्न नसक्ने । खासमा सासुको कुनै हैसियत थिएन । ससुरा अठार वर्षको हुँदा मेरो श्रीमान जन्मनु भको रे ! त्यसैले ससुरासँग मेरो उमेर त्यहीँ बीस बर्षले फरक न थियोे ।
एकदिन जग्गा पास गर्ने कामका लागि ससुरा सदरमुकाम जाने काम पर्यो । मैले सोचें धेरै दिनको अलमल हुने भएकोले पक्कै सासुलाई लिएर जानुहोला ! तर त्यसो भएन । विचरा सासुले त भन्नुभएको हो –’बिधवा बुहारी लिएर हिँड्दा गाउँ समाजले कुरा काट्छ, हजुरको सेवा म नै गर्छु’। ससुरबाले चिलले चल्ला झम्टे झैं सासुलाई झम्टनु भयो –’तेरिमा अलच्छिना आइमाई, जेठी बुहारी जति लच्छिनकी तँ छस र लिएर हिड्नलाई ?’ बाहिर जे भए पनि ससुराले सासुलाई हप्काएकोमा भने म चाहिँ धेरै खुशी भएँ । त्यति नगरे म ससुरासँग जानै नपाउने । हुनतःसासू भन्दा विश्वासिली मै थिएँ । यदाकदा मलाई पनि सासू कसिङ्गर बिझाए झैं लाग्थ्यो । तर के गर्नु ? आना मानु घिउ खाएर बनाएको बलिष्ठ जीउ, सुडुलो शरीरसँग शारीरिक सम्बन्ध भने भएको थिएन ।
खाना बनाउँदा पातलो गाम्छाले मात्र छाती छोप्नु पर्ने, बच्चाले दूध नचुसेका मेरा वक्षस्थल पहाडका चुचुरा झैं कसिला थिए । त्यसैले होला ससुरा खाना बनाएको समय मलाई हेरेर अघाउनुहुन्नथ्यो । मलाई भने जीउभरि काउकुती लाग्थ्यो । सुत्ने बेला’ ठूली !साह्रै थाकें, मालिस गर्दे न है ‘भन्नुहुन्थ्यो ।मलाई’ के खोज्छस् काना आँखा “भने झैं हुन्थियो । म ससुराको पैतालादेखि टाउकोसम्म मालिस गर्थें । । मालिसको क्रममा म उहाँको संवेदनशील अंगमा पनि स्पर्श गर्न भ्याउँथे । उहाँ मुसुक्क मुस्काउनुहुन्थ्यो । मेरो भने शरीर भरि करेन्ट लाग्थ्यो । सदरमुकामको काम सकेर हामी घर फिर्दै थियौं । बाटोबाट नजिकै माइली मिजार्नीको घर देखियो । घर त के भनौं कसैले दिएको आश्रयको मतान । ससुराले बाटोबाटै बोलाउनुभयो । माइला मुखियाले बोलाउनु भएको भनेर माइली मिजार्नी दौडेर आइ ।
ससुरा – ‘माइलो कता छ?’
माइली–’साहुको खेत जोत्न’।
ससुराले मेरै अगाडि माइलीलाई मुसार्दै ‘एकैछिन यो बाटो मुनिको जंगलमा हिँड माइली ! निकै दुःख पाए जस्तो छ । म चोलो फेरिदिउँला’। माइली मुस्काउँदै ससुरा सँग लेप्सि । हेर्दा माइली मेरै उमेरकी लाग्थ्यो । यो दृश्यले मलाई पनि माइली जस्तै गरि ससुरासँग लेप्सिन मन लाग्यो । ससुरा –’ठूली ! एकैछिन यतै बस्तै गरेस्, म आइहाल्छु । माइलीका बक्षस्थलतिर हात दौडाउँदै ससुरा जंगलतर्फ मोडिनुभयो ।
मलाई औधि नै रिस उठ्यो ।निकै अगाडिदेखि सासुलाई सौताको रूपमा हेर्न थालेको मेरो मानसिकता आज आँखै अगाडि माइली मिजार्नी सौता भइ । मन कटक्क भयो । ससुरासँग बोल्ने साहस भएन । शरीर भरि यौन अतृप्तिको आगो दन्किएको थियो । मलाई सामाजिक मानमर्यादा, पारिवारीक लान्छना भन्दा बढी संभोगको कल्पनाले डसेको थियो । त्यसैको परिणाम सासुका बिरूद्धमा ससुरालाई अनेक पोल लगाएँ । सायद नमेटिने घाउकै कारण सासुले आत्महत्या गर्नुभयो । सासुले नदीमा हाम फालेर देहत्याग गर्दा गाउँका मान्छेले पागल्नी थिइ, हाम्फालेर मरिछे भन्न पछि परेनन् । खासमा भन्ने हो भने मेरो यौन कुण्ठाको सजाय सासुले नराम्ररी पाएकोमा मलाई कताकता दुःख लाग्छ । सत्तरीको दशकमा आउँदा ससुराले छोडेर जानुभएको पनि पाँच वर्ष जति भयो । नत मेरो यौन प्यास श्रीमानले बुझाउनु भयो, नत ससुराले नै ! आजसम्म म यौन कुण्ठामा अल्झिरहेछु।निला आँखा, लामो केसराशी भएकी नैनाकला निर्धक्क आफ्नो कुरा राख्छिन् ।
