काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ । ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा लोकप्रिय सर्जक दीपक शर्माको शव्द र संगीत रहेको छ ।
गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ । म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन् । भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् ।
