एन्फामाथिको प्रतिबन्ध फुकुवा

‎काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । गत चैत ११ गते लगाएको प्रतिबन्ध बिनाशर्त फुकुवा भएको एन्फाले जनाएको छ ।

फुकुवा गर्ने राखेपको निर्णयपछि एन्फाले भनेको छ, ‘नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै राष्ट्रिय खेलकुद परिषद् बाट मिति २०८२/१२/११ गते लगाइएको प्रतिबन्ध बिनाशर्त फुकुवा गरेको निर्णयको हामी हार्दिक स्वागत गर्दछौँ । ‎यस महत्वपूर्ण निर्णयका लागि नेपाल सरकार, माननीय शिक्षा तथा खेलकुद मन्त्री श्री सस्मित पोखरेलज्यू, प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राजु सिंह तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहेता लगायत सम्पूर्ण सम्बद्ध टोलीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।‘

राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै गत चैत ११ गते एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *