काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । सोमबार सामाजिक संजालमार्फत कोइरालाले व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारवाट हुनु खेदजनक भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारवाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक वन्न सरकारलाई आग्रह गर्दछु । विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरुका बारेमा सरकारलाई स्मरणः गराउन चाहन्छु ।’ सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।