इस्तानबुलमाथी म्यान्चेस्टर युनाइटेडको सानदार जित

प्रज्जवल थापा । इङलिस क्लब म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा सानदार जित निकालेको छ । मंगलबार राती भएको खेलमा युनाइटेडले इस्तानबुल बासाक्सेहरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलुु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फेर्नान्डेजले दुई, मार्कुस रासफोर्ड र डानियल जेम्सले एक-एक गोल गरे । खेलको सातौँ मिनेटमै युनाइटेडले ब्रुनो फेर्नान्डेजको गोलमा अग्रता लिएको थियो । १९ औँ मिनेटमा ब्रुनो फेर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

३५ औँ मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई खेलमा ३-० गोलको अग्रता दिलाए । विपक्षी खेलाडीले रासफोर्डलाई पेनाल्टी क्षेत्रमा लडाएपछी भिएआरले युनाइटेडलाई पेनाल्टी दिएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको इस्तानबुलले खेलको ७५ औँ मिनेटमा डेनिज टुरुसले गरेको गोल सान्त्वनामा सिमित रह्यो ।

थप समयको दोस्रो मिनेटमा मासोन ग्रिनवुडको पासमा डानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ४-१ गोलको सानदार जित दिलाए । जितसँगै म्यान्चेस्टर युनाइटेड ४ खेलमा ९ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *