दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ १७ गते आइतबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० भदौ १७ गते आइतबार इश्वी सन् २०२३ सेप्टेम्बर ३ तारीख भाद्र कृष्ण पक्ष चतुर्थी तिथि रेवती नक्षत्र पश्चात् अश्विनी नक्षत्र गण्ड योग वव करण चन्द्रमा मिन राशिमा पश्चात मेष राशिमा आनन्दादि योगमा प्रवद्र्धमान योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु – (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । व्यापार व्यवसायमा समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा सुधार रहने छ । प्रतिस्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ । अधुरा कार्यहरु सुचारु गर्न समयले विशेष साथ दिनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धामा अबल रहिने छ । आयमूलक कार्यको थालनी हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परीश्रमको उचित मुल्याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनको साथ सहयोगको कमी महसुस गरिने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । पारिवारको साथ सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्ग दर्शन मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भाबना रहेको छ । पराक्रममा बृद्धि हुनेछ । नजिक भनिएका व्यक्तिबाट विश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहने छ । मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । दाजु भाइ तथा इष्ट मित्रबीच सम्बन्ध सुधार रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
वाणीका कारण सामान्य वादविवाद आइपर्न सक्नेछ । नजिकका साथी भाइहरुसँग सामान्य मनमुटाब हुन सक्नेछ । शारीरिक अस्वस्थताको सामना गर्नुपर्ला । गरिरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेको छ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउने छ । साथै जीवन साथीको सहयोगमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । व्यापार व्यवसायमा साजेदारी नगरे कै बेश हुनेछ । शारीरिक आलस्यताले सताउँने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । घर परिवारबाट टाँढा भएको अनुभूति हुन सक्ने छ । सामाजिक कार्यका क्षेत्रमा अघिन बढ्नु होला ।

धनु राशि-  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगको भेटघाटमा मन प्रशन्न रहने छ । पारिवारlक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । सामान्य संघर्ष पश्चात् मनग्य आम्दानीका स्राेतहरु फेला पर्ने छन् । विद्यार्थी वर्गका लागि दिन उत्तम रहने छ । रचनात्मक कार्यको क्षेत्रबाट आफूलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरिएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटिलो साबित हुन सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोट पटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थिर क्षेत्रमा गरिएकाे लगानीको उत्तम प्रतिफल प्राप्त रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *