दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ १६ गते शनिबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० भदौ १६ गते शनिबार इश्वी सन् २०२३ सेप्टेम्बर २ तारीख भाद्रकृष्ण पक्ष तृतीया तिथि उत्तरभाद्रपदा नक्षत्र शुल योग वणिज करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा धुम्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु  (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सकरात्मक सोचको कारण सामुहिक जिम्मेवारी वहन गर्ने अवसर पाइने छ । जीवन साथीको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्रहरूसँगको अति सामिप्यता कष्टकर रहला । मनोरञ्जनका क्षेत्रमा समय र धन खर्चनु पर्नेछ ।स्वास्थ्य सम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउँन सक्ला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
आर्थिक समस्याबाट बच्न सकरात्मक सोचको आवश्यक पर्न सक्ला । परिस्थितिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्नेछ । शारीरिक आलस्यताले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनुपर्ला । खानपानमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परिवारसँग बिताएको समय फाइदा जनक रहला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको स्वास्थ्यमा देखिएको खराबीले मानशिक तनाब उत्पन्न गराउँला । मित्रजनको यथेष्ट सहयोगद्वारा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । लापरबाहीले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ, विशेष ध्यान दिनु होला । अरुको कुरामा विशेष ध्यान नदिनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतासमा गरिएका निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतिक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउँन कुटुम्बको सहयोग आवश्यक रहने छ । विद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा बृद्धि गर्नका लागि तपाईँले बढी परिश्रम गर्नुपर्ने हुनसक्छ ।

तुला राशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईँको परोपकारी भावनाको फाइदा अरुले उठाउनाले तपाईँ कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन् । अर्काको खुशीका लागि अनावश्यक समय र धन खर्च गर्नुपर्ने छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्थान परिवर्तनले मानशीक तबरमा समस्या आइपर्न सक्ला । आफूभन्दा सानाको सहयोगले गरिएका कार्यहरु फाइदा जनक रहने छन् । नयाँ कार्यको थालनीले मनमा उमंग छाउने छ । सन्तानको स्वास्थ्यमा आएको समस्या बढेर जानेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सामना गर्नुपर्ने हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नुपर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परिश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलताको प्रयोगले अरुको मन जित्न सफल रहिने छ । हतासमा निर्णय नगरै कै बेश हुनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य परिस्थिति बिकराल बन्नाले प्रिय ब्यक्तिहरुसँगको सम्बन्ध टाँढिएला । जीवन साथीको खराब स्वास्थ्यले कार्यक्षेत्र प्रभावित रहन सक्नेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि तथा नेतृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाइको सम्भावना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मान्यजनको पूर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरिपक्क कार्यले सामान्य खर्च बढाउन सक्ने छ । खानपानमा विशेष ध्यान दिनुहोला । परिस्थितिसँग जुध्नसक्ने क्षमताको खाँचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाव झेल्नुपर्ला ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा गरिएकाे बेवास्ताले मान्यजनलाई ठेश पुगेकाे अनुभव हुनेछ । पारिवारिक सरसल्लाहबाट अगाडि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रही अघि बढ्नु होला । बौद्धिक व्यक्तित्वहरूको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेको छ । नयाँ लगानीमा उत्तम समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *