दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ १५ गते शुक्रबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० भदौ १५ गते शुक्रबार इश्वी सन् २०२३ सेप्टेम्बर १ तारीख भाद्रकृष्ण पक्ष द्वितिया तिथि । पूर्वभाद्रपदा नक्षत्र धृति योग तैतिल करण चन्द्रमा कुम्भ राशिमा पश्चात मिन राशिमा आनन्दादि योगमा ध्वांक्ष योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु रोपाइं जात्रा, दथु सायाः यल मतयाः, हरिसिद्घिमा द्यौ पुखुमेला जलविहार (ज्यो.प. सरोज घिमिरे)

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेको छ । मध्यान्ह पश्चात् सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । दाम्पत्य सम्बन्धमा सुधार रहने छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा हुनेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । प्रतिस्पर्धामा अब्बल रहिने छ । तपाईँको मिहिनेतकाे फाइदा  अरूले लिन सक्ने छन् । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना गर्नुपर्ने हुनसक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । पारिवारको साथ सहयोगद्वारा आम्दानीका क्षेत्रमा मार्गदर्शन मिल्नेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा हुनेछ ।

सिंह राशि  -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । तपाईँको मिहिनेतबाट अरुहरुले फाइदा लिन सक्नेछन् । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुन सक्छ । दाजु भाइ तथा इष्ट मित्र बीच सम्बन्ध सुधार रहने छ । आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । नजिकका भनिएका व्यक्तिहरूबाट विश्वासघात हुन सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनुपर्ने छ । वाणीका कारण सामान्य वादविवाद आइपर्न सक्नेछ । नजिकका साथी भाइहरुसँग सामान्य मनमुटाव हुन सक्नेछ । शारीरिक अस्वस्थताको सामना गर्नुपर्ला । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथ सहयोगमा कमी महसुस गरिने छ । शारीरिक आलस्यताले सताउँन सक्नेछ । भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ । साथै, जीवन साथीको सहयोगमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । व्यापार व्यवसायमा विशेष सावधानी रहनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । प्रतिस्पर्धामा अबल रहिने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगकाे भेटघाटमा मन प्रशन्न रहनेछ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । सामान्य संघर्ष पश्चात् मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछ । विद्यार्थी वर्गका लागि दिन उत्तम रहने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला । पुराना मित्रजनहरुसँगको भेटघाटले सामान्य यात्रा निम्त्याउन सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाणीको चातुर्यताले नयाँ मित्र बन्न सक्छन । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ ।सन्तान सम्बन्धि समस्याले सताउँने छ । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *