दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ ४ गते सोमबारको राशिफल

श्री शाके १९४५ बि.  २०८० भदौ ४ गते सोमबार इश्वी सन् २०२३ अगस्त २१ तारीख श्रावण शुक्ल पक्ष पञ्चमी तिथि चित्रा नक्षत्र शुभ योग वव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मुद्गर योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु नागपञ्चमी नागपूजा, नक्साल नाग पोखरी मेला, टौदह कर्कोटक नाग पोखरी मेला, ल.पु. दानघाट–धापाखेल नागदहमेला, विरुडा पञ्चमी (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुरानो लगानी उठाउन समयले विशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आफन्तजनहरुसँग टाढा भएको महसुस रहनेछ । स्वास्थ्यमा सामान्य सुधारको योग रहेको छ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छैन ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
गरिरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनी हुने योग रहेकोछ । अध्ययन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहने छ । यात्रामा विशेष साबधानी अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धि कार्यमा विशेष सजग रहनुपर्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने छ । परिवारजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ। पुराना मित्रजनहरुसँगको भेटघाटमा समय ब्यतित रहने छ । गरिरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नगर्नाले सामान्य तनाबमा फँसिएला ।

कर्कट  -राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बल तथा पराक्रममा बृद्धि हुनेछ । नयाँ मित्रजनहरुसँगको भेटघाटमा मन प्रशन्न रहने छ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेको छ । नयाँ कार्यको थालनी निकै उत्पादन मुलक साबित रहनेछ । अधुरा कार्यहरु सन्चालन गर्न समय उत्तम रहेको छ । पठन पाठनमा लगाइएको समय राम्रो रहने छ ।

सिंह राशि  – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरुको प्रशन्नताका निम्ति सामान्य खर्चको सम्भाबना रहेको छ । आफन्तजनहरुसँग सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरु प्रति गरिएको पुर्ण विश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोध हुन सक्ने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक साथ सहयोगबाट कार्य क्षेत्रमा विशेष फाइदा हुनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहने छ । सामान्य कार्यमा अधिक समय ब्यतित हुन सक्नेछ । व्यापार व्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवन साथीको सहयोगमा गरिएका कार्यहरुमा सफलता हात लाग्ने छन् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरुको छिटो विश्वास गर्ने बानीको कारण तपाईँलाई सामान्य धोका हुन सक्छ । यात्रामा साबधानी अपनाउनुपर्ने छ । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउँन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरिरहेको कार्यक्षेत्र समेत परिर्वतनको सम्भावना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनी हुने योग रहेको छ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहने छ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानी तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुने छ । व्यापार व्यवसायमा नयाँ लगानी समेत उत्तम रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नु नै उत्तम रहने छ । गरिरहेको कार्यमा विभिन्न कारणबश ढिलाइको सामना गर्नुपर्ने छ । भौतिक साधनको प्रयोगमा विशेष साबधानी अपनाउनुपर्ने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरिएको पुर्ण विश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोध हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेको छ । पुराना मित्रजनहरुसँगको भेटघाटमा समय ब्यतित रहने छ । आफन्तजनहरुसँग सामान्य वादविवादको सम्भाबना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ । गरिरहेको कार्य क्षेत्र समेत परिर्वतनको सम्भाबना रहेको छ । खानपानका कारण स्वास्थ्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा विशेष साबधानी अपनाउनुपर्ने समय रहेको छ । अरुप्रति गरीएको विश्वासमा धोका हुन सक्ने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारिवारिक साथ सहयोगद्वारा व्यापार व्यवसायमा मनग्य लाभ उठाउन सकिने छ । कार्यक्षेत्रमा लगाइएको लगनशीलताको कदर हुने योग रहेको छ । साझेदारी कार्यका मार्फत उत्तम आम्दानी प्राप्त गर्न सकिने छ । सभासम्मेलन  जस्ता समाराेहमा सहभागीता जनाउने अवसर प्राप्त रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *