विधान सभा निर्वाचनमा यसपछि नलड्ने नितिश कुमारको घोषणा

पटना । भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफु विधान सभामा उम्मेदबार नबन्ने घोषणा गरेका छन् । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उहाँले आफ्नो लागि अहिलेको निर्वाचन नै विधान सभाको अन्तिम निर्वाचन भएको घोषणा गरेका हुन् ।

चुनावी सभामा उनले भने, “आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुदैछ, मलाई तपाइहरुले विधान सभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ ।”

उनले यसअघि गत बुधबार अत्पसङ्ख्यक समुदायलाई एउटा कार्यक्रममा सम्वोधन गर्दै आफुले उनीहरुका लागि धेरै कामहरु गरेको बताए । आफू नेतृत्वको राज्य सरकारले शिक्षकहरुको तलव बढाइदिएको पनि मुख्यमन्त्री नितिशले स्मरण गराएका थिए ।

भारतका विहारमा अहिले विधान सभा निर्वाचन भइरहेको छ । तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ । तेस्रो चरणको निर्वाचनबाट विधान सभाका ७८ सदस्य छानिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *