प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग (आईपिएल) को पहिलो क्वालिफायर अन्तर्गत भइरहेको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २०१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०० रन बनायो । मुम्बईको लागि इसान किसानले सार्वधिक ५५ रन बनाए । उनले ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरे । सुर्यकुमार यादवले ३८ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रन जोड्दा क्विन्टिन डिककले ४० रन जोडे । यस्तै अन्त्यमा हार्दिक पाण्डयले बिस्पोटक ब्याटिङ गर्दै दिल्लीलाई विशाल लक्ष्य प्रस्तुत गर्न महत्त्वपूर्ण भुमिका खेले । उनले १४ बलमा ५ छक्काको मद्दतमा ३७ रन जोडे ।
दिल्लीको लागि रविचन्द्रन अश्विनले ४ ओभर बलिङ गर्दै २९ रन दिँदै सार्वधिक ३ विकेट लिए । यस्तै नोर्तिजे र स्टोइनिसको नाममा एक-एक विकेट रह्यो ।