हल्यान्डको दुई गोलमा डर्टमण्डको सनदार जित

प्रज्जवल थापा । जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिगमा सनदार जित दर्ता गरेको छ । बुधबार राती भएको खेलमा डर्टमण्डले क्लब ब्रुगलाई ३० गोल अन्तरले पराजित गरेको हो ।

ब्रुगको मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन इर्लिङ हल्यान्डले दुई र थोर्गान हजार्डले एक गोल गरे । डर्टमण्डले सबै गोल पहिलो हाफमा गरेको थियो । १४ औँ मिनेटमा थोर्गान हजार्डले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । १८ औँ मिनेटमा हल्यान्डले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर बनाए ।

३२ औँ मिनेटमा थोमस मुनियरको पासमा हल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमण्ड खेलमा सहज देखिएको थियो । तर दोस्रो हाफमा ब्रुगले सुधारिएको प्रदर्शन गर्दै डर्टमण्डलाई थप गोल गर्ने अवसर दिएन। ब्रुगले पाएको अवसर गोलमा परिणत गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

जितसँगै डर्टमाण्ड ३ खेलमा ६ अङ्क जोड्दै तालिकाको शिर्ष स्थानमा छ । ब्रुग ३ खेलमा ४ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *