बार्सिलोनाको विजयी यात्रा जारी

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले विजयी यात्रा जारी राखेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले ड्यानामो किभलाई २-१ गोल अन्तरले हराउदै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र जेरार्ड पिकेले गोल गरे । किभको लागि भिक्टोर टसिगान्कोभले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलको पाँचौ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै क्याल्टन क्लबलाई खेलमा अगाडी बढाएका थिए । मेस्सीलाई विपक्षी खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछी बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

६५ औँ मिनेटमा अन्सु फातीको पासमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ७५ औँ मिनेटमा ड्यानामो किभका भिक्टोर टसिगान्कोभले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा बार्सिलोना विजयी भयो ।

जितसँगै बार्सिलोना तीन खेलमा सतप्रतिशत जित निकाल्दै शिर्ष स्थानमा छ । किभ तीन खेलमा एक अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *