प्रज्जवल थापा । अल्भारो मोराटाले दुई गोल गरेपछि युईएफए च्याम्पियन्स लिगमा युभेन्टस विजयी भएको छ । समुह ‘जि’ को खेलमा युभेन्टसले फेरेन्सभारोसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
६० औँ मिनेटमा क्रिस्ट्यानो रोनाल्डोको पासमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ७३ औँ मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डिबालाले गोल गर्दै पाहुना टोलीलाई खेलमा तीन गोलको अग्रता दिलाए । ८१ औँ मिनेटमा लाशा डभालीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि युभेन्टस फराकिलो जिततर्फ अग्रसर भएको थियो ।

९० औँ मिनेटमा फेरेन्सभारोसका फ्रान्क बोलीले गरेको गोल सान्त्वनामा सिमित भयो । थप समयमा अन्य गोल नहुदा युभेन्टस ४-१ गोल अन्तरले विजयी भएको हो। जितसँगै युभेन्टस ३ खेलमा ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत छ । फेरेन्सभारोस ३ खेलमा १ अङ्क जोड्दै पुछारमा छ ।
