बंगलादेशसँग खेल्ने नेपाली टोलीको बिदाई

प्रज्जवल थापा । बंगलादेशसँग हुने दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फूटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपा) र अखिल नेपाल फूटबल (एन्फा) ले बिदाई गरेका छन् ।

बुधबार एक समारोहबिच टोलीलाई बिदाई गर्ने क्रममा राखेपाका सदस्यसचिव रमेश सिलवालले भरत खवास र किरण चेम्जोङलाई नेपालको झण्डा हस्तान्तरण गरे ।

३५ जना सहभागी रहेको बन्द प्रशिक्षणमा सात खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै रोहित चन्दपनी चोटको कारण टोलीबाट बाहिर रहनेछन् । बिहीवार बंगलादेश प्रस्थान गर्ने नेपाली टोली त्यहाँ गएर होटलमा क्वारेन्टाइन बस्नेछ ।

बंगलादेश भ्रमणमा २५ खेलाडी र ९ जना अफिसियल र पदाधिकारी छन् । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितमा टोलीको प्रशिक्षण बालगोपाल महर्जनले सम्हालेका छन् । नेपाली राष्ट्रिय टोलीले कार्तिक २८ र मंसिर २ गते दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छ ।

नेपाली टोली:-  विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रन्जित धिमाल, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेशेहाङ आङदाम्बे, जर्ज प्रिन्स कार्की, बिकास खवास, भरत खवास,सरोज दाहाल, सुबास गुरुङ, तेज तमाङ, अजित भण्डारी, रवी पसवान, छिरिङ्ग गुरुङ, अनन्त तमाङ, बिक्रम लामा, दिलेन लोक्तान, अन्जन बिष्ट, पुजन उपरकोटी, बिमल राना, दिप कार्की, एरिक बिष्ट, दर्शन गुरुङ, किरण चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *