प्रज्जवल थापा । पोर्चुगिच स्ट्राइकर डिएगो जोटाको ह्याट्रिकको सहयोगमा लिभरपुलले सनदार जित दर्ता गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत समूह ुडिु को खेलमा लिभरपुलले एटलान्टालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
एटलान्टाको घरेलु मैदानमा भएको खेलमा डिएगो जोटाले ह्याट्रिक पूरा गर्दा साडियो माने र मोहमद सलाहले एक-एक गोल गरे । १६ औँ डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३३ औँ मिनेटमा गोमेजको पासमा जोटाको व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाए ।
लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्यो । ४७ औँ मिनेटमा कुर्टिस जोन्सको पासमा मोहमद सलाहले गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर भएको थियो । ४९ औँ मिनेटमा सलाहको पासमा मानेले गोल गर्दा लिभरपुल ४-० गोलले अगाडी बढेको थियो ।
५४ औँ मिनेटमा मानेको पासमा जोटाले गोल गर्दै लिभरपुलको जर्सिमा पहिलो ह्याट्रिक पुरा गरे । थपसमयमा दुवै टोलीबाट गोल हुन नसकेपछि लिभरपुल ५-० गोल अन्तरले विजयी भएको हो । जितसँगै लिभरपुल ३ खेलमा ९ अङ्क जोड्दै शिर्ष स्थानमा छ ।
