प्रज्जवल थापा । सनराइजर्स हैरबाद इन्डियन प्रिमियर लिग(आईपिएल) को प्लेअफमा पुगेको छ । मंगलबार राती भएको समूह चरणको अन्तिम खेलमा हैरबादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गरेको हो ।
मुम्बईमाथी सनदार जित दर्ता गर्ने क्रममा १५० रनको विजयी लक्ष्य हैरबादले १७.१ ओभरमा बिना विकेटको क्षतीमा भेट्टायो । हैरबादको लागि ओपनर डेभिड वार्नर र ऋदिमान सहले सनदार ब्याटिङ गरे । कप्तान वार्नरले ५८ बलमा १० चौका र १ छक्काको मद्दतमा ८५ रन जोडे । यस्तै सहले ४५ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५८ रन जोडे ।
यसअघि शरजाह क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४९ रन जोडेको थियो । मुम्बईको लागि काइरन पोलार्डले सार्वधिक ४१ रन जोडे । उनले २५ बलमा ४ छक्का र २ चौका प्रहार गरे । यस्तै शुर्यकुमार यादवले ३६, इसान किसानले ३३ र डि ककले २५ रनको योगदान गरे ।
हैरबादको लागि सन्दिप शर्माले ४ ओभरमा ३४ रन दिएर सार्वधिक ३ विकेट लिए । यस्तै होल्डर, नद्देमले दुई-दुई विकेट लिदा रसिद खानले १ विकेट लिए ।
