बेलको गोलमा टोटेन्हाम विजयी

प्रज्जवल थापा । रियल म्याड्रिडबाट लोनमा टोटेन्हाम पुगेका गेरेथ बेलले गोल गरेपछि टोटेन्हाम विजयी भएको छ । इङलिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेन्हामले ब्रिग्टनलाई २-१ गोलले पराजित गरेको हो ।

आइतबार राती घरेलु मैदानमा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन ह्यारी केन र गेरेथ बेलले एक-एक गोल गरे । ब्रिगटनको लागि टारिक लाम्पटेले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलको १३ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । विपक्षी खेलाडीले केनलाई पेनाल्टी क्षेत्रमा लडाएपछी टोटेन्हामले पेनाल्टी पाएको थियो ।

खेलको ५६ औँ मिनेटमा पास्कल ग्रोसको पासमा टारिक लाम्पटेले गोल गर्दै ब्रिगटनलाई बराबरीमा ल्याए । तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको तीन मिनेटपछि सेर्जियो रेगुलिनको पासमा हेडिङ गोल गर्दै बेलले टोटेन्हामलाई खेलमा अगाडी बढाए । बेल ७० औँ मिनेटमा इरिक लमेलाको स्थानमा मैदान छिरेका थिए ।

थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि टोटेन्हाम २-१ गोलले विजयी भएको हो । जितसँगै टोटेन्हाम ७ खेलमा १४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *