आज श्री शाके १९४४ बि. स. २०७९ फागुन ११ गते बिहीबार तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी २३ तारीख फागुन शुक्ल पक्ष तृतीया तिथि । उत्तरभाद्रपदा नक्षत्र शुभ योग गर करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा छत्र योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्ने छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । दम्पतिबिच सामान्य कलह हुने सम्भाबना रहन सक्छ । अन्य व्यक्तिको पूर्ण विश्वास नगर्नु होला । आर्थिक क्षेत्र मध्यम रहने छ । यात्राकाे सम्भावन रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहने छ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहने छ । पारिवारका सदस्यहरूमध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । आयआर्जनको क्षेत्र मध्यम रहने छ । जीवन साथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहने छ । मान्यजनहरूसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ । व्यापार व्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरै कै बेश हुनेछ । आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायका निम्ति उत्तम समय रहेको छ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाइको सम्भाबना रहेको छ । दाजुभाइ तथा मित्रजनहरूसँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरूको स्वास्थ्यमा खराबी आउन सक्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्यको गडबढीका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । प्रतिपक्षीहरू सबल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरूसँगको भेटघाट पश्चात सामान्य यात्राको योग रहने छ । शत्रु सबल रहनाले कुरा काट्ने व्यक्तिहरूको संख्यामा बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययन अध्यापनका निम्ति अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेको छ । बौद्धिक व्यक्तित्वहरूको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ । नयाँ लगानीमा उत्तम समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । यात्रा फाइदामुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।
तुला राशि – र, रि, ?, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेको छ । व्यापार व्यवसायमा समय मध्यम रहने छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नुपर्ला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधिक आत्मबिश्वास तथा घमण्डका कारण मित्र तथा दाजुभाइसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरूको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईँले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेको छ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाइदा दिलाउनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको गडबढीका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा सजग रहनु उत्तम हुनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । शारीरिक आलस्यातले गर्दा गरिरहेकाे कामको क्षेत्रमा अपजस सहनुपर्ला । खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अपरिचित व्यक्तिहरूको विश्वासमा नपरेकै बेश हुनेछ । मित्रजनहरूको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन् । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट तथा शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नजिकका ब्यत्तित्वहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेको छ । स्वास्थ्य क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, विशेष ध्यान दिनुहोला । अरूको कुरामा विशेष ध्यान नदिनुहोला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भोजभतेरमा सहभागीता हुने योग रहेकाे छ । पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित रहला । विद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा बृद्धि गर्नका लागि तपाईँले बढी परिश्रम गर्नुपर्न सक्छ । बौद्धिक क्षेत्रको विकासले तपाईँको मान सम्मानमा बृद्धि गर्ने छ ।