साविक विजेता फ्रान्स र इंग्ल्याण्ड भिड्दै

एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने क्वाटरफाइनलको अन्तिम खेलमा साविक विजेता फ्रान्स र इंग्ल्याण्ड भिड्दैछन् । अल बायत स्टेडियममा हुने खेल राति १२ :४५ बजे शुरु हुनेछ ।

युरो २०२० को उपविजेता इंग्ल्याण्ड आजको खेलमा जीत निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । अन्तिम १६ मा सेनेगललाई ३-० गोलले पन्छाउँदै अगाडि बढेको इंग्ल्याण्डले पछिल्लो तीन खेलमा गोल बेहोरेको छैन । इतिहासलाई पल्टाउने हो भने इंग्ल्याण्डको लागि क्वाटरफाइनल कुनै नौलो हैन । यसअघि इंग्ल्याण्ड सन् १९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ को विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको छ । पछिल्लो आठ विश्वकपमा इंग्ल्याण्ड ६ पटक युरोपियन टोलीसँग पराजीत हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यता उपाधि रक्षा गर्ने लक्ष्यसहित कतार पुगेको फ्रान्स लगातार तेस्रोपटक क्वाटरफाइनल खेल्दैछ । विश्वकपमा उत्कृष्ट शुरुवात गरेको फ्रान्स समूहचरणको अन्तिम खेलमा टुनिसियासँग स्तब्ध बनेपनि अन्तिम १६ मा पोल्याण्डमाथि सहज जीत निकालेको थियो । जारी विश्वकपको सबै खेलमा गोल बेहोरेको फ्रान्सले यसअघि इंग्ल्याण्डविरुद्ध सन् १९६६ र १९८२ को विश्वकपमा भएको दुवै भेटमा हार बेहोरेको थियो ।

दुई टोलीबीच भएको पछिल्लो चार भेटमा दुई खेलमा फ्रान्स विजयी हुँदा एक खेल इंग्ल्याण्डले आफ्नो पक्षमा पारेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

preload imagepreload image