अहिलेको आवश्यकता ‘नट एट अगेन गठबन्धन’ अभियानको होः याेगेन्द्र ढकाल (अन्तरवार्ता)

नेपालको सम्पूर्ण ध्यान आगामी मंसिर ४ गते हुने संघीय संसद प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केन्द्रित छ । अर्काेतिर विश्वव्यापी आर्थिक मन्दीको विषयले विश्व राजनीति तताइरहेको छ । यिनै विषयहरुमा केन्द्रित रहेर नेपाल समाजका अध्यक्ष ध्रुव पौडेलले अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत योगेन्द्र ढकालसँग अन्तर्वार्ता गरेका छन् । वाम विश्लेषक, लेखक र कूटनीतिज्ञ ढकाल अजय शर्माको नामले समेत परिचित छन् ।

१. आज तपाईंसितको कुराकानीलाई हामीले केही फरकरूपमा प्रस्तुत गर्ने कोसिस गर्ने छौँ । यस अर्थमा यो कुराकानी पहिलेका कुराकानीभन्दा फरक हुनेछ । आज हामी राष्ट्रिय राजनीतिको अत्यन्त कम र विश्वव्यापी रूपमा टाउको उठाइरहेको आर्थिक मन्दीको समस्यामा हामी केन्द्रित हुनेछौँ ।

हालै २५७ जना अर्थशास्त्रीहरूले वैश्वीक मन्दी (global recession) नजिक भएको कुरा बताएका छन् । यस सम्बन्धमा तपाईंको विश्लेषण के रहेको छ र त्यसलाई पुष्टि गर्ने तथ्यहरू के के हुन् ?

पहिलो कुरा, अर्थशास्त्रीहरूको यो भनाइसित म पूर्णतः सहमत छु । म त केसम्म भन्छु भने वैश्वीक मन्दीको नजिक हामी भएको मात्र होइन, वैश्वीक मन्दीको चरणमा हामी प्रवेश गरिसकेका छौँ । अमेरिका, बेलायत, चीन, भारत, जर्मनी आदि विश्वका ठूला अर्थतन्त्रहरूमा आर्थिक मन्दी शुरु भइसकेको छ । स्वाभाविकरूपले, अहिलेको पूँजीवादी विश्व व्यवस्थामा ठूला अर्थतन्त्रहरूले सामना गरिरहेको आर्थिक मन्दीबाट अन्य विकसित एवं विकाससिल मुलुकहरू अछुतो रहन सम्भव थिएन र छैन पनि । यस अर्थमा विश्व आर्थिक मन्दीको प्रारम्भिक चरणबाट गुज्रिरहेको छ ।

मंसिर ४ काे निर्वाचनलाई मैले नेपाली जनताले आफ्नो मतको सही प्रयोग गरेर बाह्य शक्तिकेन्द्रहरूको डिजाइनमा बनेको गठबन्धन सरकारलाई पराजित गर्ने र राष्ट्रिय राजनीतिक शक्ति नेकपा (एमाले) लाई आगामी ५ वर्ष राज्य सञ्चालनको जिम्मा दिने एतिहासिक अवसरको रूपमा हेरेको छु ।

दोस्रो कुरा, अर्थशास्त्रीहरूको यस यथार्थ चित्रणसित मेरो सहमति हुनुको अर्थ उहाँहरूको विश्लेषणसित मेरो कुनै फरक मत छैन भन्ने चाहिँ अवश्य होइन । यस्तो परिस्थिति पैदा हुनुका कारणहरु र तिनका समाधानका उपयहरूका सम्बन्धमा मेरो उहाँहरूसित आधारभूत भिन्नता छ । उहाँहरू वर्तमान् विश्व पूँजीवादी व्यवस्थाबाट स्वाभाविकरूपले पैदा भएका कारणहरूलाई हटाएर विश्वलाई आर्थिक मन्दी र सम्भावित आर्थिक सङ्कट (economic crisis) बाट जोगाउन सम्भव मान्नुहुन्छ र (विश्व पूँजीवादी व्यवस्थाको सीमाभित्र रहेर) तिनको समाधानका तरिकाहरू सुझाउनु हुन्छ । जब कि म पूँजीवादी व्यवस्थाअन्तर्गत केही वर्ष वा दशकहरूको अन्तरालमा देखिने आर्थिक सङ्कटको मुल कारण नीजि सम्पत्ति र राष्ट्रद्वारा राष्ट्रको शोषण एवं उत्पीडनयुक्त वर्तमान् पूँजीवादी व्यवस्थालाई मान्दछु र त्यसको कोखामै प्रहार गर्नुपर्दछ भन्ने ठान्दछु । म यो समस्यालाई बुर्जुवा राजनीतिक अर्थशास्त्रको दृष्टिकोणबाट होइन, माक्र्सवादी राजनीतिक अर्थशास्त्रको दृष्टिकोणबाट हेर्छु र त्यसको मार्गदर्शनमा समाधानको तरिका खोज्नुपर्ने कुरामा जोड दिन्छु । पूँजीवादको ६÷७ सय वर्षको इतिहासमा, खास गरेर पूँजीवादी साम्राज्यवादको सवा सय वर्षको इतिहासमा मानवजातिले केही वर्ष वा दशकको अन्तरालमा यस प्रकारका समस्याहरूको सामना गर्नु परेको मुख्य कारण माथि बताइएको पहिलो दृष्टिकोणमाथि आधारित भएर यसको समाधान गर्न खोज्ने गलत तरिका हो ।

नेपाली जनताले यो एतिहासिक अवसरको सही उपयोग गर्नेछन् भन्ने कुरा प्रति म ढुक्क छु । त्यसको अर्थ होः नेकपा (एमाले) ले निर्वाचनमा सरकार बनाउन आवश्यक मत पाउने छ र आगामी ५ वर्ष स्थिर सरकार सञ्चालन गर्ने छ ।

जहाँसम्म वैश्वीकर मन्दीको चरणमा विश्व प्रवेश गरिसेको तथ्यहरू के के हुन् भन्ने कुरा छ, तिनलाई संक्षेपमा यसरी राख्न सकिन्छः
कोभिड–१९ बाट थलिएको विश्व अर्थतन्त्रले पुनर्जीवनको लागि सङ्घर्षको क्रममा नै कैयन आर्थिक समस्याहरूको सामना गर्नुपर्‍याे । रुस र युक्रेनबीचको युद्धले विश्व अर्थतन्त्रको मेरुदण्डको रूपमा रहको उर्जा एवं खाद्यान्नको आपूर्तिलाई तहसनहस पार्‍य । त्यसैगरेर, अमेरिकाको चीनमाथिको सीमित व्यापार प्रतिबन्ध तथा चिनियाँ बस्तुहरूको आयातमा भन्सार करमा बृद्धि, खासगरेर अमेरिकाको चीनलाई सेमिकण्डक्टर र चीप बनाउने उपकरणहरूको बिक्रीमा प्रतिबन्ध लगाउने नीतिले विश्व अर्थतन्त्रलाई सास फेर्न पनि कठिन परिस्थिति सिर्जना गर्‍याे । समय बित्नुको साथसाथै ठूला अर्थतन्त्रहरू मात्र होइन पूरै विश्वले आर्थिक मन्दी र बेरोजगारीको बढ्दो समस्याको सामना गर्नुपरेको छ । यो स्थितिलाई नियन्त्रण गर्ने उद्देश्यले त्यसबाट प्रभावित सबै मुलुकहरूले निर्यातमा कडाई र उच्च व्याजदरको नीति अवलम्बन गरेका छन् । त्यसै गरेर उद्योगहरूले संभावित आर्थिक सङ्कटलाई ध्यान दिँदै आन्तरिक खर्च घटाउने उद्देश्यद्वारा कर्मचारी एवं कामदारहरूको व्यापकरूपमा कटौती गर्ने रणनीतिक अवलम्बन गरेका छन् । बस्तुहरूको मागमा लगातार गिरावट आएकोले उद्योगहरूले उत्पादन घटाएका छन् । स्वाभाविक रूपले, यसप्रकारका रक्षात्मक आर्थिक नीतिहरूले वेरोगजारीको बृद्धिदरलाई अरू उच्च गर्ने छ र बस्तुको मूल्यमा बृद्धि गरी मागमा गिरावट ल्याउने छ ।

म ‘नट एट अगेन’ लाई धमिलो पानीमा माछा मार्ने अभियान मान्छु । ‘नट एट अगने’ होइन, रिपीटेड्ली नेकपा (एमाले), रिपीटेड्ली केपी शर्मा ओली अभियान देशको आजको आवश्यकता हो । अहिलेको आवश्यकता ‘नट एट अगेन गठबन्धन’ अभियानको हो, धमिलो पानीमा माछा मार्ने अभियानको होइन ।

अमेरिका, बेलायत, जापान आदि ठूला अर्थतन्त्रहरूले ब्याजदरमा गरेको पटक पटकको बृद्धिका बाबजुद त्यहाँ लगातार मुद्रास्फिती र बेरोजगारी बढेर गइरहेको छ । अमेरिका, भारत जस्ता ठूला अर्थतन्त्रहरूले बढ्दो व्यापार घाटाको सामना गर्नुपरिरहेको छ । कतिपय ठूला एवं साना अर्थतन्त्रहरूले मुद्रा सञ्चीति तथा सुनको भण्डारणमा गिरावटको सामना गर्नु परिरहेको छ । अर्थतन्त्रको धरमराहट नै एउटा महत्वपूर्ण कारण हो जसबाट इतिहासकै छोटो समयमा बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनु पर्‍याे । अमेरिकाको मध्यावधी निर्वाचनमा पनि एक निश्चित हदसम्म, अमेरिकाको हालको आर्थिक मन्दी प्रतिबिम्बित भएको देख्न सकिन्छ ।

२. तपाईंको विचारमा यो आर्थिक मन्दी आर्थिक गतिविधिहरूसम्बन्धी नीतिहरू गलत हुनुका परिणाम हुन् कि त्यसभन्दा पछाडि अरू कारणहरू छन् ?
यहीँनिर तपाईंले बुर्जुवा राजनीतिक अर्थशास्त्रीहरूसित मेरो आधारभूत अन्तर पाउनु हुन्छ । आर्थिक नीतिहरू सत्तारुढवर्गको राजनीतिको जारी रूप हो । राजनीतिक हितहरूबाट पृथक कुनै आर्थिक नीति हुँदैन । आर्थिक नीतिहरू सत्तारुढ वर्गको राजनीतिक उद्देश्यहरूलाई प्राप्त गर्ने फरक तरिका हुन् । सत्तारुढ राजनीतिक दलको वर्ग चरित्र अनुसार देशको राजनीति हुन्छ जसले अर्थनीतिहरू निर्धारण गर्दछ । त्यसैले, आर्थिक नीतिका दुस्परिणामहरूको अन्त्य गर्न, आधारभूतरूपले, सत्तारुढ वर्गलाई परिवर्तन गर्नुपर्छ ।

पहिलेका आर्थिक मन्दीहरूभन्दा अहिले देखिएको मन्दीको विशिष्ट विशेषता यो हो कि यो विश्वका ठूला अर्थतन्त्रहरूमा समस्या पैदा भएर देखिएको होइन । अर्थात् अहिलेको वैश्वीक आर्थिक मन्दी ठूला अर्थतन्त्रहरूको धराशयका कारण देखिएको होइन । यो पुराना शक्ति राष्ट्रहरू र नवउदित शक्तिराष्ट्रहरू बीचको अन्तर्विरोधका कारण पैदा भएको हो । बाइसौँ शताब्दीको दोस्रो दशकको विशेषता यो हो कि त्यसमा अमेरिकी एकल ध्रुव कमजोर भएर विश्व बहुध्रुवीय दिशातर्फ तीव्ररूपले अघि बढ्यो । अमेरिकाले आफ्नो नेतृत्वको एकल ध्रुवीय विश्व स्थितिलाई जारी राख्न नयाँ महाशक्तिराष्ट्रहरू रुस, चीनलाई रोक्न भरमग्दुर प्रयन्त गर्दै आएको छ । अमेरिकाले रुसका विरुद्ध लामो समयदेखि लगाएको व्यापारिक नाकाबन्दी तथा युक्रेनलाई नेटोमा सामेल गरेर रुसलाई घेराउ गर्ने रणनीति लियो ।

अरू उमेदवारको कमरेड ईश्वर पोखरेलसँग कुनै तुलना नै हुन सक्दैन । उहाँ अतुलनीय हुनहुन्छ । उहाँका अगाडि अरू उमेदवारहरू बाउन्ने (dwarf) छन् । यस क्षेत्रले कमरेड ईश्वर पोखरेल जस्तो भेटेरान नेता पाउनु खुशी र अवसरको कुरा हो । यहाँका जनताले यस अवसरको अधिकतम उपयोग गरेर कमरेड ईश्वर पोखरेललाई अत्याधिक मतले विजयी बनाउने कुरा प्रति म पूर्णतः विश्वस्त छु ।

त्यसैगरेर, हिन्द प्रशान्त रणनीतिमार्फत् चीनलाई कमजोर पार्ने नीति तथा केही वर्ष यतादेखि लगाएको सीमित व्यापारिक नाकाबन्दी, खासगरेर चीनलाई सेमिकण्डक्टर र चिप बनाउने उपकरणहरूको बिक्रीमा प्रतिबन्ध लगाउने जस्ता कठोर नीति अपनायो । त्यतिमात्र होइन, खुला रूपमा ताइवान मामलामा प्रवेश गरेर त्यसले चीनको आन्तरिक मामलामा हस्तक्षेप गर्ने हदको नीति अपनायो । अमेरिकी नेतृत्वको पश्चिमा शक्तिराष्ट्रहरूका यसप्रकारका गतिविधिहरूले रुस र चीनलाई सैनिक, आर्थिक र कुटनीतिक प्रभावलाई आक्रमणात्मक रूपबाट अघि बढाउन उक्साउने काम गरे । रुस–युक्रेन युद्ध र चीनको तीव्ररूपमा भइरहेको सैनिक आधुनिकीकरण तथा विश्वव्यापी सैनिक, आर्थिक र कुटनीतिहक विस्तार त्यसकै जवाफी कार्वाही हो । अहिले वैश्वीक आर्थिक मन्दी नव उदित र पुराना महाशक्तिराष्ट्रहरू बीचको संघर्षको स्वाभाविक परिणाम हो ।

३. के तपाईं अमेरिकी नेतृत्वमा परिश्चमा शक्ति राष्ट्रहरूको यो प्रयत्नले रुस र चीनको विश्व महाशक्ति राष्ट्रहरूको रूपमा हुन लागेको उदयलाई रोक्न सक्छ भन्ने ठान्नु हुन्छ ?
अब त्यस्तो विल्कूल सम्भव छैन । रुस सोभियतकालिन विश्व शक्तिको रूपमा अगाडि आइसकेको छ । चीनबारे पनि त्यही कुरा सत्य छ । विश्वको ठूलो अर्थतन्त्र, डेढ अरब मेहनतशील नागरिकहरू र केन्द्रिकृत राज्यसत्तायुक्त चीनलाई विश्वशक्तिका रूपमा स्थापित हुन नदिने मनशायबाट अमेरिकी नेतृत्वमा पश्चिमा राष्ट्रहरूले सञ्चालन गरेका गतिविधिहरू पूरै विश्वको लागि, खास गरेर विश्व अर्थतन्त्रको लागि अत्यन्त प्रत्युत्पादक छन् । उनीहरूका यस प्रकारको मनशाय र त्यसको प्राप्तिको निम्ति चालिएका गतिविधिहरूले अमेरिकाको एकल महाशक्तिको ताजको रक्षा गर्न सक्ने छैन ।

अमेरिका र त्यसको गठबन्धनले रुसको अघिल्लो पुस्ताको सैन्य क्षमता एवं असाधारण सैन्य शक्तिलाई हल्का ढङ्गले लिने कुरा विश्व शान्तिको निम्ति घातक छ । पश्चिमा शक्ति राष्ट्रहरूले रुसमाथिको उर्जा आश्रित स्थितिलाई वस्तुवादी भएर सोच्न आवश्यक छ । यो आश्रित स्थितिलाई जतिसुकै आवेगमा आए पनि तत्काल विकल्प खोज्न पश्चिमाहरूको लागि सम्भव छैन ।
त्यसैगरेर, चीनको भीमकाय सैन्य शक्ति, डेढ अरब नागरिकहरूको आफ्नो सार्वभौमसत्ता एवं भौगोलिक अखण्डताको रक्षाको निम्ति मर्न र मार्न तयार हुने अविचल भावनामा चोट पुर्‍याउने अमेरिकी नेतृत्वको पश्चिमा शक्तिहरूका गतिविधिहरू विश्वशान्तिको निम्ति गम्भीर खतरा बनेका छन् ।

अमेरिका र पश्चिमा शक्ति राष्ट्रहरूले चीनको कोबाल्ट, निकल, कालो सिसा, लिथियम र तामा आदि नवीकरणीय ऊर्जाको निम्ति महत्वपूर्ण स्रोतहरू माथिको आफ्नो आश्रित स्थितिलाई वस्तुवादी भएर स्वीकार्नुपर्छ । यी खनिजहरू विद्युतीय ब्याट्रीदेखि वाइण्ड टर्बाइनस र विद्युतको विस्तारित ग्रिडको निम्ति अपरिहार्य छ । यी खनिजहरू स्वच्छ ऊर्जाको निम्ति जरुरी हुन्छ ।
रुसले अपार र उच्चगुणस्तरीय (आणविक लगायत) ऊर्जालाई र चीनले उपरोक्त खनिजहरूलाई शस्त्रको रूपमा उपयोग गरे भने अमेरिकी नेतृत्वको पश्चिमा राष्ट्रहरूलाई भारी पर्ने छ ।

४. के तपाईंको विचारमा विकसित हुँदै गरेको यो परिस्थितिले शक्ति राष्ट्रहरूबीचको अन्तर्विरोधलाई विश्वयुद्धको हदसम्म विकास गर्छ ?
मेरो विचारमा शक्तिराष्ट्रहरूबीच विकसित अन्तर्विरोध तत्कालै विश्व युद्धको हदसम्म विकास हुने छैन । विश्वका कतिपय भागहरूमा त्यसले झडपको रूप लिए पनि, मलाई लाग्छ राजनीतिक र कुटनीतिक उपायहरू अहिलेसम्म पूर्णरूपमा असफल भइसकेको छैन । यस अन्तर्विरोधको विकासको एउटा बिन्दुमा अमेरिका, रुस र चीनले प्रत्यक्ष युद्ध बाहेकका अन्य उपायहरू, जस्तो कि वार्ता, संवादको कुटनीतिक बाटो खोज्ने छन् ।

निश्चय पनि उनीहरूबीचको अब हुने युद्ध परम्परात युद्ध हुने छैन, त्यो आणविक युद्ध हुने छ जसले शत्रुशक्तिका मात्र होइन, आफ्नो पनि विनाश गर्ने छ भन्ने कुराको हेक्का राख्ने छन् र सम्झौताको एउटा विन्दुमा पुग्ने छन् । जसबाट विश्व अर्थतन्त्रमा हाल देखिएको सङ्कटले अस्थायी नै भए पनि समाधान पाउने छ । यद्यपी शक्तिराष्ट्रहरू बीचको यस्तो सम्झौताले विश्व युद्धको खतरालाई हमेशाको निम्ति समाप्त भने गर्ने छैन । त्यसले उनीहरूबीचको हालको अन्तरर्विरोधलाई केही मत्थर मात्र पार्ने छ । शक्तिराष्ट्रहरू बीच कुनै समझदारी भएर हाल देखिएको वैश्वीक मन्दी टरे पनि युद्धका कारणहरू विद्यमान वर्तमान विश्व व्यवस्थामा केही वर्ष वा दशकपछि अरू डरलाग्दो आर्थिक सङ्कट देखापर्ने छ । युद्धले आर्थिक सङ्कट निम्त्याउने छ वा आर्थिक सङ्कटले युद्ध अपरिहार्य बनाउने छ, यो कुरा त्यतिबेलको विश्व परिस्थितिमाथि भर पर्ने छ ।

५. अन्त्यमा मंसिर ४ गते हुन गइरहेको निर्वाचनसित सम्बन्धित प्रश्नहरू । यी प्रश्नहरू वस्तुगत प्रकारका छन् र छोटो जवाफको अपेक्षा गछौँ ।

क) यो निर्वाचनलाई कसरी हेर्नुभएको छ ?

यसलाई मैले नेपाली जनताले आफ्नो मतको सही प्रयोग गरेर बाह्य शक्तिकेन्द्रहरूको डिजाइनमा बनेको गठबन्धनलाई पराजित गर्ने र राष्ट्रिय राजनीतिक शक्ति नेकपा (एमाले) लाई आगामी ५ वर्ष राज्य सञ्चालनको जिम्मा दिने एतिहासिक अवसरको रूपमा हेरेको छु ।

ख) निर्वाचनपछि गठबन्धन र नेकपा (एमाले) मध्ये कसको सरकार बन्छ भन्ने तपाईं ठान्नु हुन्छ ?
नेपाली जनताले यो एतिहासिक अवसरको सही उपयोग गर्नेछन् भन्ने कुरा प्रति म ढुक्क छु । त्यसको अर्थ होः नेकपा (एमाले) ले निर्वाचनमा सरकार बनाउन आवश्यक मत पाउने छ र आगामी ५ वर्ष स्थिर सरकार सञ्चालन गर्ने छ ।

ग) अहिले ‘नट एट अगेन’ अभियान चलिरहेको छ । यस सम्बनधमा तपाईंको के भनाइ छ ?
म यसलाई धमिलो पानीमा माछा मार्ने अभियान मान्छु । ‘नट एट अगने’ होइन, रिपीटेड्ली नेकपा (एमाले), रिपीटेड्ली केपी शर्मा ओली अभियान देशको आजको आवश्यकता हो । अहिलेको आवश्यकता ‘नट एट अगेन गठबन्धन’ अभियानको हो, धमिलो पानीमा माछा मार्ने अभियानको होइन ।

घ) तपाईं काठमाडौँको क्षेत्र नं. ५ काे वासिन्दा हुनुहुन्छ । त्यहाँ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तपार्ईंहरूको उमेदवार हुनुहुन्छ । त्यस क्षेत्रको निर्वाचन परिणामबारे तपाईंको के आँकलन छ ?
यहाँका अरू उमेदवारको कमरेड ईश्वर पोखरेलसँग कुनै तुलना नै हुन सक्दैन । उहाँ अतुलनीय हुनहुन्छ । उहाँका अगाडि अरू उमेदवारहरू बाउन्ने (dwarf) छन् । यस क्षेत्रले कमरेड ईश्वर पोखरेल जस्तो भेटेरान नेता पाउनु खुशी र अवसरको कुरा हो । यहाँका जनताले यस अवसरको अधिकतम उपयोग गरेर कमरेड ईश्वर पोखरेललाई अत्याधिक मतले विजयी बनाउने कुरा प्रति म पूर्णतः विश्वस्त छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *