गोट्जेलाई समेट्दै जर्मनको टोली घोषणा

एजेन्सी । कतारमा हुने फिफा विश्वकप-२०२२ को लागि जर्मन टोलीको घोषणा भएको छ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि दिलाउन अतिरिक्त समयमा गोल गरेका मारियो गोट्जेलाई समेट्दै जर्मनीले विश्वकप खेल्ने टोलीको घोषणा गरेको हो ।

कतार विश्वकपमा जर्मनी समूह ‘ई’ मा रहेको छ । जर्मनीको  समूहमा स्पेन, जापान र कोस्टारिका छन् । जर्मनीले नोभेम्बर २३ मा जापान विरुद्ध खेल्दै विश्वकपको शुरुवात गर्नेछ ।

जर्मनको टिम :-

गोलकिपर : म्यानुएल नोएर, मार्क एन्ड्रे टेर स्टेगन, केभिन ट्राप

डिफेन्डर : आर्मल बेला कोच्याप, म्याथियास गिन्टर, क्रिस्टियन गन्टर, थिलो खेहेर, लुकास क्लोस्टरम्यान, डेभिड रौम, एन्टोनियो रुडिगर, निको स्कोल्टरबेक र निक्लास सुले

मिडफिल्डर : जुलियन ब्रान्ड्ट, निक्लस फल्कर्ग, लियाने गोरेट्ज्का, मारियो गोट्जे, इल्काई गुन्डोगन, योनास होफ्म्यान, योसुवका खिमिख, जमल मुसियाला

फरवार्ड : करिम अदेयामी, सर्ज गिनाब्री, काई हाभर्ट्ज, युसोफा मुकोको, थोमस मुलर, लिरोइ साने

Leave a Reply

Your email address will not be published. Required fields are marked *