रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

एजेन्सी । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले कतारमा हुने फिफा विश्वकपको लागि टोलीको घोषणा गरेको छ । पोर्चुगलले बिहीबार विश्वकपको लागि २६ सदस्यीय टोली घोषणा गरेको हो ।

३७ वर्षीय रोनाल्डोले पाचौ विश्वकपमा सहभागिता जनाउनेछन् । सम्भवत उनको यो अन्तिम विश्वकप हुनेछ । पोर्चुगलले नोभेम्बर २४ मा घानासँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । त्यसअघि पोर्चुगलले नोभेम्बर १७ मा नाइजेरियासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

पोर्चुगलको टोली 

गोलकिपर :- डिओगो कोस्टा (पोर्टो), रुई प्याट्रिसियो (एएस रोमा), जोसे सा (वोल्भ्स )

डिफेन्डर :- जोओ क्यान्सेलो (म्यानचेस्टर सिटी), डिओगो डालोट (म्यानचेस्टर युनाइटेड), रुबेन डियास (म्यानचेस्टर सिटी), राफेल गुरेइरो (बोरुसिया डर्टमन्ड), नुनो मेन्डेस (पीएसजी), पेपे (पोर्टो), डानिलो परेरा (पीएसजी), एन्टोनियो सिल्भा (बेन्फिका)

मिडफिल्डर :- विलियम कार्भाल्हो (रियाल बेटिस), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), जोओ मारियो (बेन्फिका), रुबेन नेभेस (उल्भरह्याम्प्टन), म्याथियस नुनेस (वोल्भ्स), ओटाभियो (पोर्टो), जोओ पाल्हिन्हा (फुलहम), बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी), भिटिन्हा (पीएसजी)

फरवार्ड :- जोओ फेलिक्स (एट्लेटिको म्याड्रिड), रिकार्डो होर्टा (एससी ब्रागा), राफेल लिओ (एसी मिलान), गोन्कालो रामोस (बेनफिका), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), आन्द्रे सिल्भा (आरबी लाइपजिग)

Leave a Reply

Your email address will not be published. Required fields are marked *