महरा चुनावबाट डराएकै हुन् त ?

दाङ । दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारिस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए। आफूलाई समानुपातिक सूचीमा ‘बन्द’ राखेर महरा प्रत्यक्ष निर्वाचनको ‘दौड’ बाट बाहिरिए।

अघिल्लोपटक निर्वाचन लडेको क्षेत्रबाट पुनः निर्वाचन लड्न नखोजेर महराले दुई सन्देश दिए। पहिलो, एमाले महासचिव शंकर पोखरेलसँगको ‘जुधाइ’ महंगो बन्ने खतरादेखि महराले उन्मुक्ति चाहे। अनि दोस्रो, आफू धेरै ठाउँबाट सिफारिस भएका कारण ‘तानातान’ मा पर्न नचाहेर समानुपातिक सूचीमा पर्न चाहेको उनी आफैले बोले। तर उनी निर्वाचन लड्न नखोज्नुको एक मात्रै कारण भने ‘निर्वाचन हार्न सक्ने’ त्रासदी नै रहेको चर्चा छ।

२६ भदौमा महराले आफू निर्वाचन लड्न चाहेको र दाङ–२ बाटै निर्वाचन लड्ने बताएका थिए। यो घोषणा गर्दा महरामा निर्वाचन लड्ने ठूलो साहस देखिएको थियो। यती सम्मकी उनले आफूले प्राप्त गर्न सक्ने मत र जीत्न सक्ने आधारसमेत केलाएर बनिसकेका थिए।

माओवादी स्रोतका अनुसार अर्को दिन बिहानै महराको यात्रा काठमाडौं तय भयो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले महरालाई फोन गरेर तत्काल काठमाडौं फर्कन भनेका थिए। ‘मिलाउनुपर्ने भयो, तपाईं तुरुन्त काठमाडौं आउनुस् भनेर अध्यक्षले बोलाउनुभयो,’ स्रोतले भन्यो ‘अनि हतारमा काठमाडौं जानुभयो।’ उम्मेदवारी छलफलका लागि काठमाडौं पुगेका महराको नाम समानुपातिकको बन्द सूचीमा समावेश भयो, अर्थात् उनले प्रत्यक्ष चुनावी दौड छोडिदिए।

क्षेत्र नम्बर २ मा आफ्नो सहज जित खोजिरहेका एमाले महासचिव शंकर पोखरेलले ‘महरा–तगारो’ पञ्छाउन खोजिरहेका थिए। गठबन्धनका तर्फबाट साझा उम्मेदवार महरा बन्दा आफूलाई घाटा लाग्न सक्ने ठूलो जोखिमदेखि उनी अबुझ थिएनन्। अनि त पोखरेलले महरालाई रोक्न माओवादीभित्र लबिङ थालिरहेका थिए। पोखरेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीमार्फत महरालाई निर्वाचनमा नभिड्न सन्देश दिइरहेका थिए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *