एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको आगामी अन्त्येष्टि हुँदै छ ।
बाइडेनसँगै प्रथम महिला पनि अन्त्येष्टिमा सहभागी हुनेछिन् । यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो ।
एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा बेलायती राजपरिवारले विभिन्न देशका राष्ट्रप्रमुखलाई निम्त्याएको छ ।