तस्बिरमा हेर्नुहोस् शोकमा डुबेको बेलायत

काठमाडौं। बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर खिचिरहेका छन्।

७० वर्षसम्म बेलायतको नेतृत्व गरेकी एलिजाबेथको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गएराती बाल्मोरलमा निधन भएको हो।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *