संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै प्रचण्ड–बाबुराम

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी संयुक्तका अध्यक्ष डा बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम छ।

आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएपछि दाहाल र भट्टराई आज आयोग जान लागेका हुन् । आजै नेपाली कांग्रेसले पनि दल दर्ताको तयारी गरेको छ ।
.

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताका गर्न दिएको समयावधि मंगलबार सकिँदैछ।

आयोगले साउन २२ देखि दल दर्ता सुरु गरेको थियो। यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *