कांग्रेस नेतृत्वको गठबन्धनमा गडबडी, दाहाल ‘मिसन प्रधानमन्त्री’

काठमाडौं । नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेका छन् । निर्वाचन परिणामबाट प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बनाउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समानुपातिक वितरण प्रणालीका आधारमा प्रमुख पदहरू बाँडफाँट हुनुपर्ने दाबी प्रस्तुत गर्न थालेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल हालले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गरेका छन् । नेकपा एसले सकेसम्म राष्ट्रपति, त्यो नभए सभामुख दाबी गर्ने भएको छ । माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला गरी कसरी पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्छन् भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ ।

सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि दाहालले प्रधानमन्त्री पदलाई मुख्य ‘मिसन’ बनाएका छन् । नेकपा एस भने दाहाल एमालेतिर नजिक हुन खोजेपछि कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्नेमा उभिएको छ । आजको नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *