काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत जारी खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । दोहाको वेस्ट इन्ड पार्क अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा भारत ‘ए’ले शुरुवाती ११ ओभरमै दुई ओपनर गुमाएको हो ।
इनिंसको ५.१ ओभरमा नन्दन यादवले मयान यादवको हातबाट क्याच आउट गराउँदै अभिषेक शर्मालाई ९ रनमा पभिलियन फर्काएका थिए । यस्तै १०.३ ओभरमा भैभव सुर्यवंशीलाई पवन सरार्फले २६ रनमा बोल्ड आउट गरेका हुन् । उनले ३२ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै आयुष बाडोनीलाई ललित राजवंशीले २ रनमा आउट गरेका हुन् ।
ताजा अवस्थामा भारत ‘ए’ले १२ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ४८ रन बनाएको छ । हाल भारतका कप्तान तिलक बर्मा ४ र कुमार कुशग्रा ५ रन बनाउँदै क्रिजमा छन् ।
नेपालका पवन सरार्फले ५ ओभरमा एक मेडन राख्दै २१ रन दिएर एक विकेट लिएका छन् । यस्तै नन्दन यादव र ललित राजवंशीलेपनि एक/एक विकेट लिएका छन् ।
