कावासोतीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको हो ।

धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । उनीहरू सामान्य तथा मध्यम घाइते रहेको र उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *