प्रज्जवल थापा ।
स्पेनिस लिग ला लिगामा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४- ० गोल अन्तरले हराएको हो । बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन अन्सु फाटीले २ गोल र मेस्सीले एक गोल गर्दा एक गोल उपहार पाएको थियो।
खेलमा सुरुदेखि नै आक्रमक रुपमा प्रस्तुत भएको बार्सिलोनाले पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको १५ औ मिनेटमा जोर्डी अलबाको पासमा युवा खेलाडी अन्सु फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट बित्न नपाउँदै फिलिफे कौन्टिन्होको पासमा फाटीले व्यक्तिगत दोस्रो गोल गरे ।
३४ औं मिनेटमा फाटीलाई भिल्लारियलका डिफेन्डरले पेनाल्टी क्षेत्रमा फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई ३-० ले अगाडि बढाए । ४५ औ मिनेटमा टोरेसले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४-० गोलले अगाडि बढेको थियो ।
दोस्रो हाफमा बार्सिलोनाले गरेको थुप्रै प्रयासमा भिल्लारियलका गोलकिप्पर सेर्जियो एसेन्जो बाधक बने। दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा बार्सिलोना ४-० गोल अन्तरले विजयी भएको हो ।
यससँगै बार्सिलोनाले लिगको पहिलो खेलमा जित निकाल्दै सिजनको उत्कृष्ट सुरुवात गरेको छ । अघिल्लो सिजन बार्सिलोना लिगको दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो ।
