बलात्कारीलाई पक्राउ गर्न पायलको आग्रह

मुम्बई । निर्देशक अनुराग कश्यममाथी यौन शोषणको आरोप लगाएकी मोडल पायल घोषले मुम्बई प्रहरीले बलात्कारीलाई पक्राउ नगरेको आरोप लगाएकी छिन् । अनुराग विरुद्ध प्रहरीमा उजुरी दिएकी पायलले लामो समयमम्म पनि प्रहरीले कश्यपलाई पक्राउ नगरेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले वकिललाई प्रहरीले पक्राउ नगर्नुको कारण सोध्न समेत आग्रह गरेकी दिन ।

पायलले केही अघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई सम्बोधन गर्दै ट्विट मार्फत न्यायको अपिल गरेकी थिइन् । अनुरागले भने पायलको आरोप अस्वीकार गर्दै आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *