पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् ।

बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको समीक्षा हुनुका साथै पोलिटब्युरो चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ । पदाधिकारी चयनबारे पनि आजको बैठकमा छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *