सुपर कपको लागि बार्यन र सेभिल्ला भिड्दै


प्रज्जवल थापा

तनहुँ । युईएफए सुपर कपको उपाधिको लागि आज राति जर्मन क्लब बार्यन म्युनिख र स्पेनिस क्लब सेभिल्ला भिड्दै छन् । हेङ्गेरीको पुस्कास एरिनामा हुने फाइनलमा दुवै टोली उपाधि जितेर नयाँ सिजनको उत्कृष्ट सुरुवात गर्न चाहन्छन् ।

बार्यन म्युनिखले च्याम्पियनस लिग जित्दै सुपर कपको टिकट काटेको थियो । बार्यनले फाइनलमा कोम्यानको गोलमा पेरिस सेन्ट जर्मनलाई हराएको थियो । यस्तै सेभिल्लाले युरोपा लिगको फाइनलमा इन्टर मिलानलाई पराजित गरेको थियो । सेभिल्ला युरोपा लिगको सार्वधिक सफल टोली हो ।

यस सिजन बार्यन म्युनिखले च्याम्पियनस लिगसहित ३ उपाधि जितेको छ । यता युरोपा लिग विजेता सेभिया पनि बार्यनलाई हराएर उपाधि जित्न चाहन्छ । यसअघि बार्यन र सेभियाले एक एक पटक सुपर कपको उपाधि जितेका छन् ।

पछिल्लो पटक यी दुई टोलीको भेट च्याम्पियनस लिगमा भएको थियो । पहिलो खेलमा बार्यनले २(१ गोलले जित्दा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो । खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *