नारायणी र तिनाउ नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । लगातारको वर्षाका कारण नारायणी, तिनाउलगायतका नदीमा जल–सतहले खतराको तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका जनतलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

आज सबै प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनुका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *