पशुपति शर्माको ‘आऊनी की नआऊनी दाइ'(भिडियोसहित)

चर्चित गायक पशुपति शर्माको दशैं विशेष गीत “आऊनी की नआऊनी दाइ” सार्वजनिक भएको छ । उक्त गीतमा गायक पशुपति शर्मा, गायिका सरिता कार्की र बाल गायिका आयुषा गौतमको सुमधुर स्वर रहेको छ भने शब्द तथा लय जीवन प्याकुरेलको रहेको छ ।

कोरोना कहर र परदेशीको पीडा बाध्यतालाई समेटिएको गीत गोरखा चौतारी म्यूजिक प्रालिको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सुनिल लामिछाने, आयुषा गौतम, करिष्मा ढकाल, हिरण्य पौडेल र वसन्त पोखरेलको अभिनय रहेको गीतको निर्देशन स्मृति तिमिल्सिनाकोे रहेको छ । उक्त गीतमा सुरेश श्रेष्ठको छायाँकन तथा शिव पौडेलको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=6mxD7IvwKn4&feature=youtu.be&fbclid=IwAR0jJDd5R2DUDD6nCKYQ35qFgRgvscTGRIsH7iejS6bcYTR716mj9cKmhkA

Leave a Reply

Your email address will not be published. Required fields are marked *