सहज जीत निकाल्दै मिलान शिर्ष स्थानमा

एजेन्सी । इटालियन लिग सिरी एमा एसी मिलानले सहज जीत निकालेको छ । शुक्रबार राति भएको खेलमा जिनोआलाई २-० गोलले पराजित गर्दै मिलान लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

स्टेडियो गिउसेप्पे मेअजामा भएको खेलमा मिलानलाई जीत दिलाउन राफायल लियो र जुनियर मेसाइसले एक/एक गोल गरे । खेलको ११ औं मिनेटमा कालुलुको पासमा लियोले गोल गर्दै मिलानलाई शुरुवाती अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा मेसाइसले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एसी मिलान २-० गोलले विजयी भयो । जीतसँगै मिलान ३३ खेलबाट ७१ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिदा पराजित जिनोआ समान खेलबाट २२ अङ्क जोड्दै १८ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *