इजरायली सेनाद्वारा लेबनानमा आक्रमण, १६ जनाको मृत्यु

बेरुत । दक्षिणी लेबनानको नबातीह जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

हारुफ, शर्कीह र कफर सर सहरहरूलाई लक्षित गरी आक्रम गरिएको जनाइएको छ भने कफर, रेमेन, कफर तेबनिट र अन्य नजिकैका इलाकाहरूमा भएको आक्रमणमा हताहत तथा घाइते र बेपत्ता बनाइएको रिपोर्ट गरिएको छ ।

इजरायली लडाकु विमानहरूले नबातियाह शहर, कफर तेबनिट, नबातियाह अल–फाका र रिहान हाइट्सलाई लक्षित गरी हवाई आक्रमणको श्रृंखला सुरु गरेको जनाइएको छ ।

इजरायली विमानले पबच क्षेत्र, शहरको विश्वविद्यालय लगायत जिल्ला विभिन्न स्थानमा आक्रमण गर्दा प्रारम्भिक रिपोर्टका अनुसार आठ जनाको मृत्यु भएको जनाइएको छ । अर्को आक्रमणले शार्कियाह र डुइर सहरहरू बिचको क्षेत्रलाई लक्षित गरी एउटा घर ध्वस्त पार्दा चार जनाको मृत्यु भएको जनाइएको छ ।

कफरमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको ज्यान गएको जनाइएको छ । इजरायली ड्रोनले डुइर नगरपालिका भवन नजिकै मोटरसाइकललाई लक्षित गरी गरेको आक्रमणमा एक जनाको मृत्यु भएको र अको एक जना घाइते भएको जनाइएको छ । गोलाबारीसँगै जेबचित सहरमा पनि श्रृङ्खलाबद्ध ड्रोन आक्रमण भएको थियो ।

लेबनान लगायतमा क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले हालै भएकोको इरान– हमेरिका सम्झौताको बाबजुद र लेबनान–इजरायल सीमामा थप आक्रमण रोक्नको लागि जारी कूटनीतिक प्रयासहरूको बीचमा आक्रमण जारी रहको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *