काठमाडौं । फिफा विश्वकप-२०२६ मा भोली बिहान चार खेल हुँदैछ । समूह ‘डी’ अन्तर्गत हुने पहिलो खेलमा आयोजक अमेरिका र अष्ट्रेलिया भिड्नेछन् । सिटले स्टेडियममा हुने खेल राति १२:४५ बजे शुरू हुनेछ ।
अमेरिका र अष्ट्रेलिया आज लगातार दोस्रो जितको खोजीमा रहेका छन् । अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई ४-१ गोलले पराजित गरेको थियो भने अष्ट्रेलियाले टर्कीलाई २-० गोलले पराजित गरेको थियो । आजको खेलमा जित निकाल्ने टोलीले अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।
समूह ‘डी’ कै अर्को खेलमा टर्की र पाराग्वे भिड्नेछन् । सानफ्रान्सिस्को बे एरिया स्टेडियममा हुने खेल बिहान ८:४५ बजे शुरु हुनेछ ।
भोलि बिहान हुने समूह ‘सी’को खेलमा स्कटल्याण्ड र मरोक्को भिड्नेछन् । बोस्टन स्टेडियममा हुने खेल ३:४५ बजे शुरु हुनेछ ।
समूहको अर्को खेलमा पाँचपटकको च्याम्पियन ब्राजिल र हाइटी भिड्नेछन् । फिलाडेल्फिया स्टेडियममा हुने खेल बिहान ६:१५ बजे शुरु हुनेछ । पहिलो खेलमा मोरोक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिल पहिलो जितको खोजीमा हुनेछ । यता हाइटीपनि पहिलो खेलमा स्कटल्याण्डसँग १-० गोलले पराजित भएको थियो । ब्राजिलसँग पराजित भएको खण्डमा हाइटीको नकआउट पुग्ने सम्भावना कमजोर हुनेछ ।
