डलर साट्ने बहानामा ५ लाख ठगी

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ मनहरा दिब्यश्वरी प्लानिङबाट काठमाडौं तार्केश्वर नगरपालिका–७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको ५ लाख रुपैयाँ बुधबार दिउँसो ठगी भएको छ ।

ती पुरुषलाई सोमबारदेखि हामी चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाई उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु फरार भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *