कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका–२ का ३५ वर्षीय कलकबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ ।
बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
